Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?

कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?

  • काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता गरेका छन्। शपथपत्रमा दिइएको जानकारी अनुसार प्रधानमन्त्रीसँग भारु ३ करोड २ लाख ६ हजार ८ सय ८९ को चल सम्पत्ति रहेको छ जसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।

    AGNI GROUP

     जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा दिइएको छैन निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन। सामान्यतया यसमा जग्गा र घरको ।

    प्रधानमन्त्री  मोदी विरुद्ध कुनै आपराधिक मुद्दा विचाराधीन छ न त उनी कुनै अपराधमा दोषी ठहरिएका छन् । प्रधानमन्त्री  मोदीले दिल्ली विश्वविद्यालयबाट १९७८ मा बीए र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए डिग्री हासिल गरेका थिए।

    २०१९ को लोकसभा चुनावमा मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोड रुपैयाँको सम्पत्ति रहेको बताएका थिए। जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।

    त्यस्तै २०१४ लोकसभा चुनावमा उनले कुल सम्पत्ति १.६५ करोड भारु थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij