
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij