
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९४८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ५ हजार १२५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij