Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा

एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा

  • काठमाडौं । नायिका तथा समाजसेवी एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा आवद्ध भएकी  हुन्  । उनले मिसोकोसका सामान नेपाल भित्र्याउनको लागि आज (बिहीबार) सम्झौता गरेकी  हुन्  । 

    नायिका गौतमले कोरियाको प्रतिष्ठित कस्मेटिक्स कम्पनी मिसोकोससँग व्यवसायिक साझेदारी गर्ने भएकी हुन्। उक्त कम्पनीले अब नेपालमा पनि आफ्नो उत्पादन नेपालमा प्रवेश गराएको बताइएको छ ।  

    ३६ वर्ष पुरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरूलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ।  एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत् मिसोकोस नेपाल भित्रिएको हो।  

    मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ। साथै, ती सामग्री सस्तो र उच्च गुणस्तरीय हुने गौतमले जानकारी गराइन्। उनले यो सम्झौतासँगै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने विश्वस व्यक्त गरिन्।

    कम्पनीको सिइओ किमले नेपालसँग यसरी व्यवसायिक साझेदारी पाएकोमा खुशी व्यक्त गरे। नेपाली महिलाहरूलाई आफ्नो कस्मेटिक्स भरपर्दो र विश्वसनीय भएको उनको भनाइ छ। 

    नायिका गौतमले कलाकारिता र समाजसेवासँगै आफ्नो पाइला अब व्यवसायतर्फ लम्किएको भन्दै कम्पनीले आफूप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छिन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij