Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजनीतिक विवादको केन्द्रमा सर्वोच्च अदालत

राजनीतिक विवादको केन्द्रमा सर्वोच्च अदालत

  • काठमाडौँ । गण्डकी प्रदेशको सरकार निर्माण विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश भएको छ । यसअघि संयुक्त इजलासबाट टुङ्गो लागेको उक्त मुद्दा फेरि बल्झिएको हो ।   

    onlinepatrika
    Arghakhachi

     नेपाली कांग्रेसका तर्फबाट निवर्तमान मुख्यमन्त्री एवं संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिट दर्ता भएको छ भने सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ ।

    AGNI GROUP

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा सभामुखको समेत मत प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले दोस्रो पटक यो विवाद सर्वोच्च पुर्‍याएको हो ।

    सर्वोच्चले यसअघि यो विवादमा सात बुँदामा व्याख्या गर्दा सभामुखको प्रयोग नभएको भन्दै रिट खारेज गरेको थियो । अहिले नेपाली कांग्रेसले यही र कोशी प्रदेशको नजिर टेकेर सर्वोच्च पुगेको छ ।  

    तर सबै विवाद अदालतमा ल्याउने अनि अल्झाउने कार्य झैँ गलत हुने भन्दै राजनीतिक तहमा सहमति हुनसक्ने कुराहरू त्यही मिलाउने प्रयास भने गर्नुपर्नेमा उनको पनि सहमति छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij