
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । भक्तपुरबाट किशोरी बलत्कारको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा भक्तपुर नगरपालिका–३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
फाजुले ती किहोरीलाई पटक–पटक जबरजस्ती बलत्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij