
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको जानकारी दिएका हुन् ।
यसअघि निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij