Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

४३.१५ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

४३.१५ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

  • काठमाडौं । ४३.१५ ग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् ।

    images
    images
    images

    चेकजाँचका क्रममा उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

    उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij