
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्यद्वय गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी ठोस गरिएको छ । यस्तै वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताललाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी ठोस गरिएको छ ।
यसैगरी गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई पनि सम्पर्क समन्वय प्रदेशमा सरुवा गरिँदा प्रवास समिति सदस्य सदस्य हर्क बहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij