Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सुनसरीमा अझै तनाव

सुनसरीमा अझै तनाव

  • काठमाडौं । सुनसरीमा दुई समूहबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू अझै दुई पालिकामा जारी छ । हरिनगर र देवानगन्ज गाउँपालिकामा कर्फ्यू अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

    images
    images
    images

    गत शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समूहबीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि ५ वटा स्थानीय तहमा कर्फ्यू लगाइएको थियो । 

    सर्वदलीय बैठकपछि तनाव केहि कम भएपछि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू खुकुलो बनाइएको छ ।

    तर, हिंसा फैलिने सम्भावना अझै रहेकोले दुई पालिकामा भने कर्फ्यू अझै जारी रहेको फुयाँलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij