Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गण्डकीको मुख्यमन्त्री एमालेका अधिकारीको दाबी पेश

गण्डकीको मुख्यमन्त्री एमालेका अधिकारीको दाबी पेश

  • काठमाडौं । गण्डकी प्रदेश मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।

    images
    images
    images

    एमालेसँगै नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    यसमा सभामुखको समेत सङ्ख्या गनिएको छ । तर, सभामुखको समेत सङ्ख्या गनेर गरिएको दाबीबारे राम्रो नजिर भने छैन । यसअघि कोशी प्रदेशमा त्यसै गरिएको थियो । उक्त सरकारलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।

    गण्डकीमा पुन: त्यही घटना दोहोर्‍याइएको छ ।

    ३१ सदस्यीय गण्डकीमा सरकार गठनका लागि कम्तिमा ३१ जनाको समर्थन चाहिन्छ । अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित ८ र मनाङे गरी ३१ पुर्‍याएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij