
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज बिहीबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको भाउ केही बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij