
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । टर्कीको इस्तानबुलको एउटा नाइटक्लबको मर्मत गर्ने क्रममा आगो लाग्दा कम्तिमा २९ जनाको मृत्यु भएको छ । मर्मत गर्ने काम लापरबाही भएकाले आगलागी भएको स्थानीय अधिकारीले आरोप लगाएका छन् ।
मिडियामा सार्वजनिक भएका फुटेजमा आवासीय भवनको १६ तलाको तेस्रो भागमा आगो लागेको देखिएको थियो । नाइटक्लबमा ध्वनि इन्सुलेशन र सजावट नवीकरण कार्यको क्रममा भएको विस्फोटबाट फाइबर सामग्रीमा आगो लागेको अनुमान गरिएको छ । आगो सल्किएपछि भवनभित्र फसेका अधिकांस धुवाँको विषाक्तबाट मरेका थिए ।
मर्मतमा लापरबाही गरेको अभियोगमा ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिएनएनले जनाएको छ ।इस्तानबुलका मेयर एकरेम इमामोग्लुले उक्त भवन मर्मत गर्न अनुमतिका लागि आवेदन नआएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij