
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका रमेश खरेलले राजीनामा दिएका छन् ।
रास्वपाले केन्द्रीय सदस्यमा मनोनीत गरेपनि उनी पार्टीको सदस्यका रुपमा मात्रै रहेको बताउँदै आएका थिए । रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए ।
आफूले चलाउँदै आएको टेलिभिजन शोमा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका हुन् ।
२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बनेका थिए । सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij