Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

सर्लाहीमा सवारी दुर्घटना

सर्लाहीमा सवारी दुर्घटना

  • काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

    images
    images
    images

    नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

    गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए । दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij