Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सिरहाबाट अवैध काठसहित तीन जना पक्राउ

सिरहाबाट अवैध काठसहित तीन जना पक्राउ

  • काठमाडौं । सिरहा प्रहरीले अवैध काठसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिकअप चालक सिरहाको कर्जन्हा नगरपालिका–३ बस्ने २९ वर्षीय जीवन साह, ३० वर्षीय जितेन्द्र मुखिया र १५ वर्षीय रामबृक्ष भन्ने विवेक महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    images
    images
    images

    कर्जन्हा नगरपालिका–४ स्थित ईन्द्रजित महतोको गोदाम घरमा प्रदेश ३–०१–०२२ च ८६६८ नम्बरको पिकअपबाट अनलोड गरी रहेको अवस्थामा काठ बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

    प्रहरीले फेन्टा ३६ थान, झ्याल ६ थान, बोल्डर २७ थान, काठको गुलिया १ थान गरी कुल ५ लाख बराबरको काठ तथा प्रदेश १–०२–०५२ प १७२४ नम्बरको मोटरसाइकल, स ११ प १७३५ नम्बरको मोटरसाइकल र प्रदेश ३–०१–०२२ च ८६६८ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    बरामद गरिएको सालको काठ, गाडी र पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन वन कार्यालय लहान सिरहामा बुझाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij