Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

अनलाइन क्यासिनो खेलाएको आरोपमा तीन युवतीसहित चार जना पक्राउ

अनलाइन क्यासिनो खेलाएको आरोपमा तीन युवतीसहित चार जना पक्राउ

  • काठमाडौं । काठमाडौंबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ३ युवती सहित एक युवकलाई पक्राउ गरेको छ ।  

    images
    images
    images

    पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णिमा राई, नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन ।

    images

    उनीहरूले क्यास एप, फायरकिरिनजस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । सो खेलबाट युवाहरूले करोडौ रुपैयाँ गुमाएको उजुरी परेको छ । उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।

    प्रहरीले युवतीहरुको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij