Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनलाइन क्यासिनो खेलाएको आरोपमा तीन युवतीसहित चार जना पक्राउ

अनलाइन क्यासिनो खेलाएको आरोपमा तीन युवतीसहित चार जना पक्राउ

  • काठमाडौं । काठमाडौंबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ३ युवती सहित एक युवकलाई पक्राउ गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णिमा राई, नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन ।

    AGNI GROUP

    उनीहरूले क्यास एप, फायरकिरिनजस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । सो खेलबाट युवाहरूले करोडौ रुपैयाँ गुमाएको उजुरी परेको छ । उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।

    प्रहरीले युवतीहरुको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट