
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सुन तस्करी प्रकरण नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ चिनियाँ नागरिकलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार आयोगले चिनियाँ नागरिक, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको हो ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले एआईजी किरण बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।
यस्तै आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी अहिले नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ता छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij