Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

व्यावसायिक त्रुटी गरेकोमा इन्स्पेक्टर श्रेष्ठलाई कारवाही सिफारिस

व्यावसायिक त्रुटी गरेकोमा इन्स्पेक्टर श्रेष्ठलाई कारवाही सिफारिस

  • काठमाडौं । इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली पड्केको घटनामा उनलाई ‘व्यावसायिकतामा त्रुटी’ का आधारमा विभागीय कारवाहीको सिफारिस गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलाई प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाइसकेको छ । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउँदै विभागीय कारवाहीको सिफारिस गरेको हो ।

    ६ फागुनमा प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको थियो । सो घटना छानबिन गर्न ७ फागुनमा छानबिन समिति गठन गरिएको थियो ।

    इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको कमजोरीका कारण गोली चलेको छानबिन समितिको निष्कर्ष छ । गोली लागेर इन्स्पेक्टर श्रेष्ठका बडीगार्ड र एक जना सेवाग्राही सामान्य घाइते भएका थिए ।

    श्रेष्ठले पेस्तोल चेकजाँच गर्दा अचानक पड्किएको समितिमा बयान दिएका छन् । तर, ‘वेपन क्लियरिङ जोन’ मा हतियार चेकजाँच गर्नुपर्नेमा श्रेष्ठले कार्यालयभित्र नै चेकजाँच गरेको हुनाले उनको ‘व्यावसायिकतामा त्रुटी’ देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij