Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विद्यार्थीलाई दुर्व्यवहार गर्ने होस्टल संचालक पक्राउ

विद्यार्थीलाई दुर्व्यवहार गर्ने होस्टल संचालक पक्राउ

  • विराटनगर । विराटनगरको मुनलाइट गल्र्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले होस्टलमा बस्दै आएकी एक छात्रालाई मंगलबार राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

    onlinepatrika
    Arghakhachi

    रेग्मीविरुद्ध जाहेरी भने दर्ता भएको छैन। तर उनलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

    AGNI GROUP

    जाहेरी दर्ता भएपछि मुद्दाको प्रकृतिअनुसार कारबाही अगाडि बढाउने तयारीमा रहेको दाहालले बताएका छन्।  यस घटनामा विभिन्न विद्यार्थी  संगठनले चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कारबाहीको माग गरेर विज्ञप्ति निकालेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij