
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ । प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार कैलालीका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।
जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका -१ का उमेशसिंह कुँवर पक्राउ परेका थिए । उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो । त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए ।
भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए । त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो ।
लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो ।
यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij