
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार संसद भवनस्थित ल्होत्से हलमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।
यस्तै, शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij