
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । आमन्त्रित केन्द्रीय सदस्य पदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संखुवासभाका दीपक खड्कालाई मनोनीत गरेका छन् । उनी संखुवासभाबाट प्रतिनिधि सभा सांसद पनि छन् ।
आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए ।
२०७८ असोजमा भएको कांग्रेस संखुवासभाको अधिवेशनबाट खड्का जिल्ला सभापति निर्वाचित भएका थिए । तर खड्काले २०८० असोज १० गते जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij