Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

महजोडी १ वर्षका लागि नेपाल टेलिकमको ब्रान्ड दूत

महजोडी १ वर्षका लागि नेपाल टेलिकमको ब्रान्ड दूत

  • काठमाडौं । हास्यव्यंग्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई कम्पनीको ब्रान्ड दूतमा नेपाल टेलिकमले नियुक्त गरेको छ । आगामी एक वर्षको लागि कलाकारिताको क्षेत्रमा महजोडीका रुपमा चर्चित दुवैलाई “ब्रान्ड एम्बेसडर” नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन् । 

    टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij