
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका-३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको हो ।
यो शाखा समेत गरी बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको बैंकको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij