Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

जुटपानीमा विद्युत् सर्ट भएर आगलागी

जुटपानीमा विद्युत् सर्ट भएर आगलागी

  • काठमाडौं । सर्लाहीको जुटपानीमा विद्युत् सर्ट भएर आगलागी हुँदा विष्णुदेव महतोको घर जलेर नष्ट भएको छ । 

    images
    images
    images

    महतोका श्रीमतीको १३ औं दिनको पुण्यतिथिमा परिवारका सदस्य र आफन्त व्यस्त भइरहेका बेला अचानक बिजुली सर्ट भएर आगलागी भएको थियो । 

    गाउँले मिलेर आगो निभाएपछि मात्रै हरिवन नगरपालिकाको दमकल आइपुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए । आगलागीबाट महतोको घर, घरभित्रका सरसामग्री र नगद समेत जल्दा पाँच लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

    घर जल्दा महतो परिवार बिचल्लीमा परेका छन् । आगजनीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij