Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

टिपर दुर्घटना,चालक र सहचालकको मृत्यु

टिपर दुर्घटना,चालक र सहचालकको मृत्यु

  • काठमाडौं । पाल्पाको ढुंगाखानी जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा लु २ ख ५६१ नं. को टिपर दुर्घटनामा परी सोही टिपरका चालक र सहचालकको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा परी टिपर चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका-१६ वस्ने २४ वर्षीय प्रदिप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले टिपर दुर्घटनामा परी चालक र सहचालक दुबै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

    उक्त घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij