
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रस्तावमा अझै सहमति जुटेको छैन । महामन्त्री गगनले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने सङ्कल्प गर्नुपर्ने उल्लेख छ ।
कांग्रेसको संस्थापन पक्षको उक्त प्रस्तावलाई हटाउनु पर्ने माग छ । यसमा सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका छन् । यसपछि छलफलका लागि महामन्त्री गगन आफैँ देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
सभापति देउवाले असहमति जनाएपछि महामन्त्री गगनले शनिबार साँझ र आइतबार छलफल गरेका थिए । तर, सहमति हुन सकेन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij