
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । दाङमा ड्युटीमा रहेकी महिला प्रहरीलाई आफ्नै श्रीमानले गोली हानेर हत्या गरिएको छ । महिला घोराहीको दामोदर चोकमा डिउटी गरिरहेकी थिन ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।
गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको हो । झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेका थिए । धनमाया थापाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij