Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । वीर अस्पतालको औषधि पसलले अधिकांश औषधि किन्न बाहिर पठाउने गरेको खुलेको छ । बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधि पसलमा रहेका औषधिहरु पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो ।
स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधि राख्न निर्देशन दिएका थिए ।
अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए उनले औषधि पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij