
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलगायतविरुद्ध अन्तिम सुनुवाइ सुरू भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो ।
विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरसम्बन्धी उक्त मुद्दा चार वर्षदेखि विचाराधीन छ । इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा यसअघि अदालतले बहस नोट मागेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij