
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेगरी बैठक डाकिएको छ ।
बैठकमा विधान मस्यौदाबारे छलफल हुने जनाइएको छ । यसअघि पुस २८ गते बसेको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
पार्टीको विधानअनुसार केन्द्रीय कमिटीले अन्तिमरुप दिएपछि मात्रै विधान पारित हुने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij