
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ।
बुधबार ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। २४ घन्टामा ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको छ। आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij