
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ०.४५ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको छ ।
यस दिन ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता सेयर दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिद–बिक्री भयो । १३ उपसमूहमध्ये ११ को समूहगत सूचक बढेको छ ।
दुईवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।
साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij