
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन् ।
रिब्दीकोट गाउँपालिका-८ काहुलेमा ५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन् । प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ । श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ ।
प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij