Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेस नेता एवं पूर्वमन्त्री बुढाथोकीको निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री बुढाथोकीको निधन

  • काठमाडौं । ८० वर्षको उमेरमा कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सरपीडित उनको विराट नर्सिंङ होम विराटनगरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

    उनी पूर्व सामान्य प्रशासनमन्त्री थिए । उनी पञ्चायतलगत्तै जलस्रोत राज्यमन्त्री पनि भएका थिए । बुढाथोकी चार दशक भन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।

    पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा उदाएका थिए । २०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट उनी पहिलो पटक निर्वाचित भएका थिए । उनको मंगलबार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij