Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

जिल्ला अधिवेशनमा कुटाकुट, नेताहरू ओलीलाई भेट्न काठमाडौंमा

जिल्ला अधिवेशनमा कुटाकुट, नेताहरू ओलीलाई भेट्न काठमाडौंमा

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनमा कुटाकुट भएपछि धादिङका पार्टी नेताहरूलाई काठमाडौं झिकाएका छन् ।  प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र जिल्ला अध्यक्ष भूमि त्रिपाठी समूहको लडाइको कारण लफडा भएको हो ।

    images
    images
    images

    नेताहरू काठमाडौं आएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना टाँसिएको छ । धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अब पार्टी कार्यालयमा छलफल हुन लागेको बताए ।

    प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

    जिल्ला अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं पुगेपछि प्रतिनिधिहरू अलपत्र छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij