
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । आगामी हप्ता पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह चितवन भ्रमणमा जाने भएका छन् ।
पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ ।
‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij