Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या

प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या

  • काठमाडौं । दाङको घोराहीमा प्रहरी जवानले होटेलमा लगेर श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

    images
    images
    images

    नेपालगञ्जबाट श्रीमती शानिबार दिउँसो श्रीमानलाई भेट्न घोराही आएकी थिइन । घोराहीको राप्ती सुपरलज होटेलको कोठा नं १ मा बसेका प्रहरी जवानले श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेको डिएसपी मल्लले बताए । 

    रोल्पाको रुन्टीगढी गाउँपालिका–९ सखी घर भएका प्रहरी जवान पिमलाल नेपाली नेपालगंजबाट सरुवा भएर २ महिना अघि मात्र जिल्ला प्रहरी कार्यालय घोराहीमा आएका थिए । श्रीमतीले श्रीमानसंग बस्ने भनेपछि विवाद उत्पन्न हुँदा घटना भएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij