Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव

माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  चुनाव लड्न सुझाव दिएका छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको बेलामा शनिवार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

    images
    images
    images

    पूर्वराजालाई सुझाव दिँदै नेपालले भने,‘राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्नुहोस । यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदि राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ’ नेपालले भने, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदी विवाद हो भने प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस् ।’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij