
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले बताए ।
पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग१४प ३७५ नम्बरको मोटरसाइकल सोही वडाको भुमरस्थित कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना भएको हो ।
मोटरसाइकल कालीगण्डकी कोरिडोट भन्दा अन्दाजी २०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij