
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । ललितपुर पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार होटलकी सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार अर्की सञ्चालक रोमी अर्याल भने फरार छिन् र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू नातामा सासु – बुहारी हुन् ।
अर्यालको पनि गत भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए । ४१ वर्षीय सजिलमान झण्डै पाँच महिनादेखि अचेत अवस्थामा छन् । उनको उपचार भइरहेको छ । त्यसपछि उनको परिवारले होटलका सञ्चालकहरू अर्याल र भण्डारीविरूद्ध जाहेरी दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij