काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औं शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज बिहान स्वदेश फर्केका हुन् ।
सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।