
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij