
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराएका हुन् । सपथ कार्यक्रममा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।
पुष १८ गते बसेको न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो । जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानून व्यवसायीबाट नौ जना चयन भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij