
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । घोराही उपमहानगरपालिका-६ अघराका शिवराज केसीको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउंपालिका-१ का शेर बहादुर मगर, दिपा मगर, तिलक पुन मगर र मेघराज मगर रहेका छन ।
उनीहरूले पुस ८ गते भरूवा बन्दुकले गोली हानेर केसीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताए ।
उनका अनुसार उनीहरुले हत्या गरी शव स्थानीय कोइलाखानीको सुरुङभित्र राखेको अवस्थामा फेला पारेको थियो । लेनदेनको बिषयमा विवाद हुँदा उनीहरुले केसीलाई भरुवा बन्दुकले हानेर हत्या गरेको खुलेको डिएसपी मल्लले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij