
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij