
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । झापाको मेचिनगर नगरपालिका –१० धुलावारीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी सफारी अनियन्त्रित भइ पल्टिँदा चालक बद्रीबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij