
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैँले बोकेका भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रातको समयमा फापर खान आएको जङ्गली जनवार (दुम्सी) मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैँले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकाे थियो ।
उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij