
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले धरौटी तोकेका ६ जना रिहा भएका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित ६ जना धरौटी रकम तिरेर रिहा भएका हुन् ।
धरौटी रकम तिर्न नसकेका नेता टेकनाथ रिजाल भने थुनामै छन् । शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझीले धरौटी रकम तिरेका छन् । अदालतले रिजाललाई १५ लाख रुपैयाँ धरौटी तोकेको छ । तर उनले उक्त रकम जम्मा गर्न नसकेपछि रिहा नभएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij